हुम्ला, जेठ २१ गते । उपचार हुन नसक्ने भन्दै अस्पतालले जिल्ला बाहिर रिफर गरिएका दुुई जना बिरामी अस्पतालमै बस्न बाध्य भएका छन् । उडान नहुुँनुु र भएपनि कम उडान भएको कारण टिकट नपाएपछि  बिरामी  अस्पतालमै बस्न बाध्य भएका हुन् । 

अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले तीन दिन अघि अस्पतालले उपाचार हुन नसक्ने भन्दै रिफर गरिएका बिरामीले टिकट नपाएर अस्पतालमा बस्न बाध्य हुँदै आएको बताउनुुभयो । यसरी रिफर गरेर पनि उपचार गर्न नपाउनेमा सर्केगार्ड गाउँपालिका–६ को बराई गाउँका रुपधन बुढाथोकी रहनुु भएको छ । दमको बिरामी उहाँलाई स्वासप्रस्वासमा समस्या देखिएपछि चिकीत्सकले जिल्ला बाहिर रिफर गर्नु भएको होे ।

यसैगरी अर्का बिरामी सोही गाउँपालिका ६ नम्बर वडाकै सात बर्षीय केपी ऐडी हुनुहुन्छ । रुखबाट लडेर आँखा तथा शरिरमा चोट लागेका ऐडीलाई यहाँको अस्पतालमा उपचार हुन नसक्ने भन्दै रिफर गरिएको थियो । दुुवै जना बिरामीलाई तीन दिन अगाडि अस्पतालले रिफर गरेको थियो । बुधवार र बिहीबार लगातार उडान नएको र शुक्रबार तारा एयरले एउटा मात्र उडान भरेपनि टिकट नपाएपछि जान नसकेको बिरामीका आफन्तले बताउनुभयो । 

अस्पतालमा उपचार नहुुने भएपनि बाहिर जान नपाए पछि दुुवै बिरामीलाई अस्पतालकै वार्डमा राखिएको छ । प्रमुख जिल्ला अधिकरी सीता परियारले रिफर गरिएका बिरामीलाई पठाउन नसकिएकोमा दुःख ब्यक्त गर्नुभयो । निजी एयरलाईन्सहरुको मनलाग्दी टिकट बितरण गर्ने कार्यले बिरामीको समेत उद्धार गर्न कठिन भएको हो ।