बूढानीलकण्ठ नगरपालिकामा फेरी पनि नेकपा (एमाले) अग्रपङ्तिमा पुगि निर्वाचित भएको छ। नगरपालिकाका प्रमुख तथा उपप्रमुखको पदमा नेकपा (एमाले) का मिठाराम अधिकारी र अनिता लामा निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ। 

स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित भएका प्रमुख अधिकारीले १४,२५० मत प्राप्त गरि विजयी भएका छन् भने १४,३१४ मत प्राप्त गरि उप-प्रमुखमा अनिता लामा निर्वाचीत भएकी छिन्। 

प्रतिस्पर्धामा रहेका प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमुखमा विनोद चालिसेको कुल प्राप्त मत ११,५१२ र उप-प्रमुख रमिला वाग्लेको कुल मत ११,९७२ रहेको छ। 

बू.न.पा वडा नं १३ को नेकपा (एमाले) का सम्पूर्ण प्याल विजयी भएको छ। नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिएका टिका नारायण श्रेष्‍ठ र नेपाली कांग्रेसका भरत श्रेष्ठबिच भएको प्रतिस्पर्धामा करिव २१४ मत अन्तरले नेकपा (एमाले) ले विजय हासिल गरेको हो। 

टिका नारायण श्रेष्ठको मत परिणाम अनुसार १६८७ रहेको छ भने भरत श्रेष्ठले १४७३ मत प्राप्त गरेका छन्।  

त्यस्तै सदस्यहरुमा मंगल नगरकोटीको मत १६५०, श्याम श्रेष्ठको मत १६११, रीना श्रेष्ठ मत १७१८ र राम माया विश्‍वकर्माको मत १७०२ रहेको छ।