८ औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता २०८० को फाईनल खेल २०८०/०७/२७ गते हुने आयोजक बुढानीलकण्ठ युवा समाजको का वा अध्यक्ष् सक्शा शाह ठकुरीले जानकारी गराउनुभएको छ | फाईनल खेल शिवपुरी नव जाग्रीत बु न पा ३ र न्यु भिजन बु न पा ६ बिच बिहान ९ बजे बाट सुरु हुँदै छ। पहिलो सेमिफाईनल खेलमा शिवपुरी नव जाग्रीत क्लब ३ ले नीलकणठ युवा समूह लाई पराजित गरेको थियो | दोश्रो सेमिफाईनल खेलमा न्यु भिजन क्लब बु न पा ६ ले चुनिखेल १३ लाई पराजीत गर्दै शिवपुरी नवाजाग्रीत संग फाईनलमा भेट पक्का गरेको हो | न्यु भिजनक्लबले पहिलो प्रतियोगिताको फाईनल खेल खेल्दै छ भने शिवपुरी नवाजाग्रीत तेश्रो र छैठौ नगरकपको बिजेता समेत हो | प्रतियोगिताको बिजेता टिमले प्रमाणपत्र शिल्ड मेडल सहित नगद एक लाख प्राप्त गर्ने छ भने उप बिजेताले प्रमाणपत्र शिल्ड मेडल सहित नगद ५०००० प्राप्त गर्ने छन् | फ्र्यांकलिन एजुकेशन कन्सल्टेन्सीले यस प्रतियोगिताको टाईटल लाई प्रायोजन समेत गरेको छ |
प्रतिकृयाहरु