२०८१/१/७ गते शुक्रबार काठमाडौं मेडिकल कलेजको सहयोगमा बु न पा १ तौलुङ ॐ स्कुलको प्राङ्गणमा ॐ स्कुल सेवा समिती र कम्युनिटी क्यर नेपालले स्वस्थ सिबिर संचालन गर्ने भएको छ |
नि:शुल्क इ.सि.जी सेवा निःशुल्क भिडियाे एक्स रे सेवा लगायतको सेवा प्रदान गर्दै स्वस्थ सिबिर संचालन गर्न लागिएको जानकारी आयोजकले बताएका छन् | कम्युनिटी क्यर नेपाल र ॐ स्कुलले बिगतको बर्षमा पनि स्वस्थ सिबिर संचालन गरीएको थियो जसमा ४०० भन्दा धेरै स्थानीयहरुले स्वस्थ लाभ लिएका थिए |
बुढानीलकण्ठ नगरपालिका भित्र बिभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको कम्युनिटी क्यर नेपालले आगामी दिनहरुमा अन्य सामाजिक गतिबिधि संचालन गर्ने संस्थाका अध्यक्ष रंजित के सी ले बातएका छन् |
प्रतिकृयाहरु