केहि दिन अघि मात्र लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले आफ्नी छोरीको खस्किँदाे पढाइ र ललितपुरकाे DAV स्कुलको  व्यवहारबारे दुःख व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । ९ कक्षामा फेल भएकी माइली छाेरी र उनकाे हकमा विद्यालयले गरेकाे व्यवहार चित्तबुझ्दाे नभएकाे उनकाे टिप्पणी छ । 

छोरीलाई अपमान गर्दै 'पढ्न जान्दैन, यहाँ हामी पढाउन सक्दैनौँ अन्तै लैजाउ' भन्नु स्कुलको गैरजिम्मेवारी भएको सुब्बाकाे भनाइ छ । 'विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै ?,' उनले प्रश्न गरेका छन् । 

सुब्बाले स्कुल गएर छोरीको ट्रान्सक्रिप्ट लिएको र अब ९-१० कक्षामा भर्ना गर्ने स्कुल खोजिरहेको बताएका छन् । मंगलबार साँझ फेसबुकमा उनले लेखेका छन्, 'स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं । के के नै भनौँला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ । सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ । र यति भनेँ, 'मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नू । हरेक बच्चाहरू क्षमतावान हुन्छन् । एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन् । बच्चाहरूलाई हत्तोसाही नगर्नु । बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिक रूपमा गरिब परिवारकै किन नहोस्, नहेप्नु ।'

आफ्नी छोरीले पेन्टिङ, गायन, नृत्य, अभिनयमा चासो राख्ने गरेको बताउँदै सुब्बाले भनेका छन्, 'मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन् । थोरबहुत जान्दछिन् पनि । यस अलावा फिक्सन पढ्न औधी रुचि राख्छिन् । मलाई मेरो छोरीलाई ९-१० कक्षा पढाउने स्कुल चाहिएको छ । लाग्ने शुल्क म नियमित तिर्नेछु ।'

यो बिषय निर्देशक सुब्बा माथि परेपछि मात्र उक्त घटनाका बारे बाहिर आएको भने हैन। बिगतमा पनि उक्त बिद्यालय प्रसासनले बिद्यार्थीलाई र अभिभावकलाई अपमानजनक व्यवहार गरेका घटनाहरु छन्।  केहि दिन अगी पनि करीव ११ बर्ष सोहि बिद्यालयमा कक्षा ९ मा अध्यनरत एक बिद्यार्थीका अभिभावकलाई तपाईको बच्चालाई हामी फढाउन सक्दैनौ अर्कै बिद्यालय लानुस भनेर बिधयालय प्रसासनले भनेका थिए। कक्षा १० को पाठ्य पुस्तक किनिसकेको र ड्रेस समेत खरिद गरिसकेका बिधयार्थीलाई बिना कारण अर्को बिद्यालय लानुस भनेपछि अभिभावकहरु के गर्ने भनेर अलमल्लमा परेका छन्। 

डिएभी स्कुलका संचालकहरु सर्वाेच्च अदालतका पूर्व न्यायाधिश तथा नेपालका पहिलो उपराष्ट्पति परमानन्द झाका छोराहरु हुन् । प्रश्नपत्र सार्वजनिक प्रकरणमा अख्तियारले कारवाहीको तयारी गरेपछि अख्तियारका तत्कालिन आयुक्त बेदप्रसाद सिवाकोटी (सूर्यनाथ उपाध्याय प्रमुख आयुक्त रहेको बेलाका आयुक्त, केही समय प्रमुख आयुक्त पनि भएका) लाई ५ लाख रुपैंया बुझाएपछि मुद्धा कमजोर बनाइएको थियो । फलस्वरुप विशेष अदालतबाट क्लिन चिट पाएका थिए ।( "व्यवसाय र भ्रष्टाचार मा अख्तियारका आयुक्तको मूल्य पाँच लाख" पुस्तकबाट )

काठमाडौँ उपत्यकामा डिएभी जस्ता शिक्षण संस्थाहरु धेरै छन् । तर, शैक्षिक अपराधहरु बारेमा सम्बन्धित निकायलाइ कति कारवाही गरे भन्ने कुराको यथार्त अभिलेख छैन। ।