काठमाडौं, पुस १९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशको उम्मेद्वार टुंग्याएको छ ।

एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ ।

यसैगरी, प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर ९निरु० दर्लामी, गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल, दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार तय गरेको हो ।

एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी र सुदूरपश्चिम प्रदेशमा खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलितबाट नरेश बिक आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु रहनुभएको छ ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सातै प्रदेशको उम्मेदवार टुंग्याउने जिम्मा प्रदेशस्तरलाई नै दिइएको थियो । तत्पश्चात् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उम्मेदवारहरुको अन्तिम नाम टुंगो लगाएको हो ।