काठमाडौं, माघ ६ गते। सरकारले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउने नागरिकले कोभिसिल्ड र एस्ट्राजेनिका खोप मात्रै लगाउने निर्णाय गरेको छ ।

स्वास्थ्य सेवा विभागको बुधबारको निर्णयानुसार कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकलाई कोभिसिल्ड र एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

विभागको परिवार कल्याण महाशाखाले एक परिपत्रमार्फत सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

कोभिड १९ विरुद्धको बुस्टर डोज दिन थालेपछि चिनियाँ खोप भेरोसेलको मौज्दात कम हुँदै गएकाले सरकारले पहिलो डोज लगाउनेलाई कोभिसिल्ड र एस्ट्राजेनिका खोप मात्रै दिइने निर्णाय गरेको हो ।