काठमाण्डौं, आश्विन २३ गते। बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको गणेश मन्दिरको पूननिर्माण कार्य सम्पन्न भइ आज मन्दिर उद्घाटन गरिएको छ। 

बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलद्वारा वडाका वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठको उपस्थिति तथा वडाका विभिन्न व्यक्तित्व, जेष्ठ नागरिक तथा अन्य वडावासीहरुको उपस्थितिमा मन्दिरको उद्घाटन गरिएको हो। 

यस मन्दिरको पूननिर्माण कार्य श्री गणेश मन्दिर पुननिर्माण उपभोक्ता समितिको अगुवाईमा सम्पन्न गरिएको हो। यस मन्दिरको अवस्था जिर्ण हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरि वडाका जनप्रतिनिधि तथा अन्य वडा वासीहरुको समन्वयमा सो मन्दिर करिव २ वर्षमा तयार भएको समितिका अध्यक्ष सन्जय श्रेष्ठले बताउनुभयो।

 

मन्दिर पूननिर्माणका लागि संघिय मामिलाका तर्फबाट गगन कुमार थापाको पहलमा १० लाख, बागमती प्रदेशका तर्फबाट १५ लाख, बू.न.पाबाट २० लाख, वडा समितिबाट ५ लाख र बाँकी अन्य रकम स्थानियका तर्फबाट गरि कुल ९७ लाख लागत रहेको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो।