अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले १० दिन थुनामा राख्न म्याद थपको अनुमति मागेपनि काठमाडौँ जिल्ला अदालतलले भने पाँच दिन सम्म हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको हो ।
आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृयाहरु