मुस्ताङमा हिमपहिरो गएको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना प्रसारित भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

केही वर्ष अगाडि थासाङ गाउँपालिकामा धौलागिरी आइसफलबाट खसेको हिउँपहिरोलाई आइतबार खसेको भन्दै बिहानदेखि सामाजिक सञ्जालका भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले झुटो भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न माध्यममा सामाजिक सञ्जाला मुस्ताङ जिल्लामा आइतबार हिमपहिरो गएको भन्दै सामग्री प्रकाशित तथा प्रसारित भएपछि भ्रम फैलाउनेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पूरानो भिडियो हालेर त्रसित बनाउनेलाई कानुनी कारवाही गछौं, मुस्ताङमा कुनै समस्या छैन, सडक तथा हवाईमार्गबाट पर्यटक आइरहनुभएको छ ।’’

जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवा बाढीबाट जनजीवन प्रभावित भइरहेको अवस्थामा त्रास, गलत सूचनामार्फत त्रसित बनाउनेहरूलाई विद्युतीय ऐन अनुसार कारबाही गरिने भएकाले उक्त साम्रागी हटाउनसमेत अनुरोध गरेको छ । मुस्ताङ जोड्ने कालिगण्डकी करिडोर अन्तरगतको बेनी–जोमसोम सडकखण्डबाट निर्वाध सवारीसाधन आवतजावत गरिरहेको छ । जिल्लाको कुनै पनि सूचना आवश्यक परेमा सम्बन्धित सुरक्षा निकाय वा आधिकारिक स्रोतबाट पुष्टि गर्न आग्रह गरेको छ।जिल्ला प्रहरी कार्यालय मुस्ताङ ।