सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बागलुङको निसीखोला गाउँपालिका –७ र बडिगाड गाउँपालिका –७ का सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
बडिगाड गाउँपालिका –७ का सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ६० वर्षीय कुलबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । गुरुङलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएको उहाँको भनाइ छ।
त्यस्तै, निसीखोला गाउँपालिका –७ का सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ५८ वर्षीय देवबहादुर कुँवरलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक त्वातीले जानकारी दिनुभयो । कुँवरलाई प्रहरीले गत साउन ५ गते पक्राउ गरेको थियो । अहिले जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी कार्यलयले जानकारी गराएको छ।

प्रतिकृयाहरु