काभ्रे- लगातार वर्षाका कारण बिहीबारदेखि बन्द रहेको बिपी राजमार्ग आजबाट सञ्चालनमा आएको छ ।

राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खसेका कारण यातायात आवागमन ठप्प थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिपी राजमार्ग अन्तर्गत चारसय बेसीमा डाइभर्सन निर्माण पूरा भएपछि सडक सुचारु गरिएको हो ।

ट्राफिक प्रहरीले सडकको अवस्थालाई मध्यनजर गरी सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। वर्षाका कारण बिपी राजमार्गको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा पहिरो खसेको छ भने नार्के, पिन्थलीबेसी, विरुवाडाँडा र डालाबेशी लगायतका स्थानमा पहिरो र लेदोका कारण यातायात सञ्चालनमा समस्या भएको थियो ।।