बूडानीलकण्ठ नगरपालिकाका लागि दुईजना नगर प्रहरी जवान करार पदपुर्ति गर्ने सम्बन्धमा सूचना जारी गरेको छ। हाल नगरपालिकाले प्रकाशन गरेको उक्त विज्ञापन अनुसार ९ जना खुल्लमा र चारजना महिला प्रहरी जवानको लागि २०७७ असोज २८ गते आवेदन खुलाएको छ।

उक्त पदका लागि आवश्यक रहेका न्युनतम अनुभव तथा योग्यताहरुः 

  • कम्तिमा ८ कक्षा वा सो सरह उत्तिर्ण गरेको, सेना वा प्रहरीमा जवान स्तरको सेवाबाट निवृत्त भएका वडा उपदान लिएर राजिनामा गरेका वा सेक्युरिटी सम्बन्धी कार्यमा कम्तिमा ६ महिनाको अनुभव भएको
  • उमेरः कम्तिमा १८ वर्षु पुरा भई ४० ननाघेको

सो पदका लागि दरखास्त दिन इच्छुक व्यक्तिहरुले बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा मिति २०७७ कात्तिक १८ गतेसम्म (अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा भोलिपल्ट अथवा कार्यालय खुल्ने दिन) मा आफ्नो आवेदन दिन सकिनेछ। आवेदनका लागि दस्तुर रु.१५० लाग्नेछ भने आवेदन दिइएको पाँचदिन भित्रमा सम्पर्क गरिनेछ। 

यस पदका लागि चार चरणको परिक्षाको  व्यवस्था गरिएको छ। पहिलो चरणमा प्रारम्भिक स्वास्थ्य परीक्षण रहनेछ। शारीरिक तन्दुरुस्ती परिक्षा जसमा पर्णाङ्क ५० रहनेछ भने २० उत्तीर्णाङ्क रहनेछ। द्वितिय चरणमा विस्तृत स्वास्थ्य परीक्षण परीक्षा, तृतीय चरणमा लिखित परीक्षा हुनेछ जसको ५० पर्णाङ्क र २० उत्तिर्णाङ्क रहेनेछ। अन्तिम चरणमा अन्तरवार्ता रहेको छ जसको पुर्णाङ्क २० रहेको छ। 

आवेदनका सहित चाहिने कागजार‍तहरुः 

  • आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमिजोम कागजातको प्रतिलिपिहरु
  • नागरिकता
  • न्युनतम योग्यताको लब्धांक प्रमाणपत्र
  • अनुभव खुल्ने कागजात
  • ३ प्रति पासपोर्ट आकारको फोटो

नोटः यो सूचना नगरपालिकाले कुनै पनि समयमा रद्द गर्न सक्नेछ।