काठमाडौं, कात्तिक २३ गते। डोटी भूकम्पका घाइतेको उद्धारमा नेपाली सेना खटिएको छ।  डोटीको पूर्वीचौकी गाउँपालिका ३ स्थित गैरागाउँमा पुगेर सेनाले मृतक ६ जनाको शव निकालेको हो। सेनाले घाइते सात जनालाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल डोटी पठाएको छ। 

घाइतेमध्ये गम्भीर दुई जनालाई सेनाले हेलिकप्टरमार्फत् थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको नेपाली सेनाले जनाएको छ। 

सेनाको उद्धार टोलीले जिल्ला रेडक्रससँग समन्वय गरेर भूकम्प पीडितका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा र भाँडावर्तन राहत सामग्री वितरण गरिरहेको छ। डोटीको खप्तड केन्द्र भएर बुधबार बिहान गएको ६.६ म्याग्निच्यूडको भूकम्पले उक्त क्षेत्रको धनजनको क्षति गरेको हो। तस्बिर : नेपाली सेना