बूढानीलकण्ठ नगरपालिका वडा नं १३ टुसालमा रहेको रिखेश्वोर मन्दिरको पूननिर्माण कार्य सम्पन्न हुने क्रममा रहेको छ।  २०७२ मा आएको विनासकारी भुकम्पबाट मन्दिरमा पुगेको क्षति भएको थियो।

यस मन्दिरको ऐतिहासिक महत्व र मौलिक परम्परालाई संवर्द्धन गर्दै उक्त मौलिकतालाई झल्काउने गरि पूनर्निर्माणको कार्य भइरहेको वडा नं १३ का स्थानिय तथा सामाजिक अभियन्ता टिकेस श्रेष्ठले जानकारी दिनुभएको । त्यो सँगै नेवार समुदायमा धार्मिक साथै सामाजिक हिसाबले निकै महत्व बोकेको ढुंगे धाराको समेत मौलिकता झल्किने गरि निर्माण भइरहेको श्रेष्ठ बताउँछन्। 

मन्दिरको पूरानै संरचनालाई कुनै पनि किसिमको परिवर्तन नगरी दाचि इट्टा प्रयोग गरि पूनर्निर्माण कार्य भइरहेको छ। तथापि यस मन्दिर क्षेत्र पहिले थोरै मात्र रहेकोमा हाल स्थानिय तथाविभिन्न दाताहरुको सहयोग तथा जग्गा दान प्राप्त गरि मन्दिर क्षेत्रलाई फराकिलो बनाइन लागिएको छ। यस मन्दिरमा ढुङ्गा छाप्ने कार्य भने सम्पन्न भइसकेको छ र चारै तिर दाची इट्टा को पर्खाल लगाइ ५० वटा भन्दा बढी देविदेवताको मन्दिरको मुर्तीहरु प्रतिस्थापना गरिएको श्रेष्ठले बताउनुभएको छ। 

करिव दुई महिनामा पूननिर्माण कार्य सकिने क्रममा रहेको यस मन्दिरको बजेट १५ लाख रहेको छ।  

यस मन्दिरको पूननिर्माणका लागि बूनपा वडा नं १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ को सहकार्य तथा उपभोक्ता समितीको निर्देशनमा कार्य सञ्चालन भइरहेको छ। सो मन्दिर पुग्ने बाटोको ढलान कार्य केहि समयमानै शुरु हुने बताउँदै श्रेष्ठले मन्दिर वरपर बत्ति जडानको कार्य भइरहेको भने करिव २४ वटा बत्तिहरु विभिन्न दाताहरुको सहकार्यमा राखिनेछ।