बूढानीलकण्ठ नगरपालिकामा अग्रपङ्कतिमा रहेर निरन्तर कार्य गर्दै आइरहेका व्यक्तिहरुको आर.डि.टी विधिबाट कोरोना परिक्षण हुने भएको छ। संक्रमण परिक्षणका करिब ६०० वटा किटहरु नगरपालिकामा आईपुगेको र भोलि पहिलो चरणमा अत्यावश्यक तथा सङ्कास्पद रहेका व्यक्तिहरुको परिक्षण गरिने बूढानीलकण्ठ नगरपालिकाका प्रशासकिय  प्रमुख नारायण प्रसाद रिसालले जानकारी प्रदान गर्नुभएको छ। 

भोलिबाट दुई स्थान बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र कपन १० आकाशेधारामा रहेको ह्याण्डबल ग्राउण्डमा परिक्षण हुने भएको छ। बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा करिव ९९ जनाको परिक्षण गरिनेछ जसमा १० जना सुरक्षाकर्मी, २० जना नगरपालिकाका कर्मचारी, १० जना स्वास्थ्यकर्मी, प्रहरीहरु २१ जना, फोहोरमैला व्यवस्थापनका १४ जनाका साथै अन्य संकास्पद रहेका वडा नं ६, ७ र बाट ८/८ जनाको परिक्षण गरिने जानकारी प्राप्त भएको छ। 

त्योसँगै कपन स्थित ह्याणडबल ग्राउण्डमा कुल ९६ जनाको परिक्षण गरिनेछ जसमध्ये स्वास्थ्यकर्मीहरु १० जना, १५ जना वडामा संकास्पद व्यक्ति, वडा ११ मा संकास्पद रहेका १५ जना, वडा नं १२ का संकास्पद रहेका १५ जना, वडा ९ का संकास्पद १० जना, प्रहरी १५ जना र फोहोरमैला व्यवस्थापनका ६ जनाको कोरोना परिक्षण गरिने नगरका प्रशासकिय प्रमुख रिसालले जानकारी दिनु भएको  छ। 

यसरी नगरपालिकाभित्र कार्यरत रहेका कुल ६५ जना स्वास्थ्यकर्मी, करुना अस्पतालमा कार्यरत रहेका केहि कर्मचारिी प्रहरी प्रशासनबाट खटिएका करिव १७७ कुल मध्येका ३६ जना सुरक्षाकर्मी, वडाहरुमा संकास्पद रहेका व्यक्तिहरु र फोहोरमैला व्यवस्थापनका लागि कार्यरत समेत गरि पहिलो चरणमा परिक्षण गरिनेछ।  २० जना मा परिक्षण हुने रिसालले जानकारी दिनुभएको छ। भोली दुवै स्थानमा गरिने कोरोनाको आर.डिटी परिक्षण करिव बिहान १०ः३० देखि  शुरु गरिनेछ।