नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि तेस्रो चरणको चन्दा संकलन गरेको छ ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य जित क्षेत्रीले तरुण दलको भवन निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि केन्द्रीय सदस्य क्षेत्रीले नगद रकम सहयोग गरेका हुन् ।क्षेत्री नेपाली कांग्रेस पार्टी र तरुण दलका उदाउँदो  युवा नेता हुन् ।  तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई एक कार्यक्रमका बीच मंगलबार सहयोग रकम  हस्तान्तरण गरेका हुन् । बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका क्षेत्री राजनीति र व्यवसायमा सक्रिय रहेका छन्। युवा बर्गका ढुकढुकी र प्रेरणाका श्रोत बनेका उनि सामाजिक सेवाको कार्यमा समेत जुटिरहेका छन् ।

हाल सम्म भवन निर्माणका लागि १४ लाख ९५ हजार ९९८ रुपैयाँ सहयोग जुटेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । 

केन्द्रीय कार्यसमितिको चैत १५ र १६ गते बसेको बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम आज दोस्रो चरणको सहयोग जुटेको अध्यक्ष गुरुङले जानकारी दिए ।