बुढानीलकण्ठ नगरपालिकाको नगर युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट २०२५) को अवसरमा १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूमध्ये विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने युवाहरूलाई सम्मान गर्ने भएको छ।

 

युवा परिषद्ले सूचना प्रकाशित गर्दै “उत्कृष्ट युवा प्रतिभा सम्मान कार्यक्रम” आयोजना गरिने जानकारी दिएको हो। नगरपालिकाभित्र स्थायी बसोबास गर्ने युवाहरूले आफूले पुर्‍याएको योगदान र उपलब्धिसहित सम्बन्धित विवरण र प्रमाणहरूसहित आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १९ गतेसम्म रहेको छ।

 

सम्मान गरिने विधाहरू:

१. खेलकुद – पुरुषतर्फ १ जना, महिलातर्फ १ जना

२. कला/साहित्य – १ जना

३. नवीन सोच/सृजनशीलता – १ जना

४. युवा उद्यमी – पुरुषतर्फ १ जना, महिलातर्फ १ जना

५. युवा समाजसेवी – १ जना

६. युवा कलाकार – १ जना

७. प्रेरणादायी युवा व्यक्ति – १ जना

 

सूचना अनुसार, आवेदन अनलाइन वा लिखितरूपमा पेश गर्न सकिनेछ। विस्तृत विवरण तथा आवेदन फारामको लागि यो लिंक खोल्न सकिनेछ: https://tinyurl.com/yc38pbtd

 

थप जानकारीको लागि:

नाम: सुरेश कार्की

पद: नगर युवा परिषद् सचिवालय

सम्पर्क: ९८५१०२३६१९

ईमेल: budhanilkanthyouthcouncil@gmail.com