बुढानिलकण्ठ नगरपालिका वडा नं-३ बुढानिलकण्ठ स्कुल स्थित लागु औषध बिक्रि बितरण तथा ओसार पसार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा बूढानिलकण्ठ प्रहरी प्रभाग प्रमुख प्र.नि.नारायण सिह विष्ट कमाण्डमा खटि गएको प्रहरी टोलीले २०८२।०३।१७ गते दिउँसोको समयमा लागु औषध सहित २ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला गोरखा स्थायी ठेगाना भई हाल काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.८ गौशाला बस्ने बर्ष अं.३० को राजन लामा र जिल्ला काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नं.३ बस्ने बर्ष अं.३४ को हरिवोल खड्का रहेको प्रहरीले जानकारी दिएको छ।
१. जिल्ला गोरखा स्थायी घर भई हाल काठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.८ गौसाला बस्ने बर्ष अं.३० को राजन लामाको साथबाट Qtel लेखेको कालो रंगको मोबाईल थान-१ (एक) र नगद नेपाली रुपैया रु ५२,१९०।– (बाउन्न हजार एक सय नब्बे )रुपैया बरामद गरिएको .
जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा.वडा नं.३ फुलबारी मार्ग बस्ने बर्ष अं.३४ को हरिवोल खड्काको साथबाट Samsung कम्पनिको कालो रंगको मोबाईल थान-१ (एक) र निजको नाममा रहेको बागमती प्रदेश ०२-०५६ प ५६५० नम्बरको कालो रंगको Honda कम्पनिको Dio स्कुटर थान -१ (एक) ,Ippl लेखेको लागुऔषध १०० (एक सय पिस) ,Diazepam लेखेको लागुऔषध १०० (एक सय पिस) र Phenergan लेखेको लागुऔषध १०० (एकसय पिस) बरामद गरिएको छ ।
प्रतिकृयाहरु