गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताउनु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताउनु भएको हो । उहाँले पहिले राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएका अवरोध हटाउन निर्देशन समेत दिएको बताउनु भयो ।

पहिले राजनीतिक सम्बन्धका आधारमा रोकिएका र बिथोलिए सवै मुद्दाका फाइलहरु खुल्ने बताउनु भयो । यो सरकारको म्यान्डेट नै सुशासन भएकाले शुसासन विना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र चुनाउ गर्न नसकिने भएकाले सरकार सजग रहको उहाँको भनाइ थियो ।।