जिउनु नै जिन्दगी होइन ,
बाँच्नु नै जिन्दगी होइन l
हाँसेर मात्र खुशी हुँदैन
रोएर दुखमा कमि हुँदैन l
अर्थ यो जिन्दगीमा बुझ्नु छ ,
कर्म यो जीवनमा राम्रो गर्नु छ l
कसैको हाँसोमा मलाई पनि हाँस्नु छ ,
कसैको रोदनलाई हाँसोमा बदल्नु छ।
जीवन कसैको सार्थक पार्न सके ,
त्यो हुन्छ असल जिन्दगी l
बाहिरि हाँसोलाई मनको हाँसो बनाउनु सके , त्यो हुन्छ असल जिन्दगी।
अरुको निम्ति केहि क्षण बाँच्न सके ,
त्यो हुन्छ असल जिन्दगी।
![]() |
मिरा क्षेत्री
कक्षा - ६
सदन- नुप्त्से
ट्रुङ्ग्राम इन्टरनेसनल एकेडमी
बुनपा-७
प्रतिकृयाहरु