बुढानीलकण्ठ नगरपालिकामा नगर बाल संजाल गठन तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप प्रमुख अनिता लामा, नगर प्रवक्ता तथा वडा न.१० का अध्यक्ष नवराज भट्टराई, सामुदायिक विद्यालयका बालक्लबहरूका प्रतिनिधि तथा विद्यार्थीहरू उपस्थित रहेका थिए। नगर प्रमुख अधिकारीले बालसंजालको महत्व र बालअधिकारको संरक्षणका लागि यसको भूमिकाबारे जानकारी दिँदै सहकार्यको आवश्यकता जोड दिए। उपप्रमुख लामाले भने बालसहभागितालाई प्रोत्साहन गर्दै यो संजालले स्थानीयस्तरमा बालमैत्री वातावरण निर्माण गर्ने अपेक्षा व्यक्त गरिन्। यस अभियानमा विद्यार्थी तथा बालक्लबका सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।

प्रतिकृयाहरु