प्रहरीले गोकर्णेश्वरबाट अटोमेटिक पेस्तोल एक थान र सोही पेस्तोलका गोली चार राउण्डसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बिहीबार दिउँसो गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने काभ्रेपलाञ्चोक रोसी गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई पेस्तो र गोलीसहित पक्राउ गरिएको हो । 

प्रहरीले बा १८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार लामालाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।