काठमाडौंस्थित फ्र्याङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले उत्कृष्ट शैक्षिक परामर्शदाताको उपाधि प्राप्त गर्न सफल भएको छ |

फेयर एक्प्रेस मेडियाले आयोजना गरेको फेयर अन्तराष्ट्रिय शैक्षिक पुरस्कार अन्तर्गत बेलायत र युरोपका लागी फ्र्याङ्कलिनले उत्कृष्ट शैक्षिक उपाधि जित्न सफल भएको हो |

उचित शैक्षिक परामर्श प्रदान गर्दै आएको फ्र्याङ्कलिन एजुकेशनल कन्सल्टेन्सी बिदेशमा गएर उच्च शिक्षा लिने उद्बेश्य रहेका विद्यार्थीहरुको रोजाइको कन्सल्टेन्सी समेत रहिआएको छ | बे

लायत र युरोपको लागी उत्कृष्ट शैक्षिक उपाधि प्राप्त गरेपश्चात फ्र्यांकलिनका संस्थापक उमेश खड्काले आफूमाथि अझै धेरै जिम्मेवारी थपिएको बताएका छन् |