एक हजार रुपियाँ दरका नक्कली नोटसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ३८ थान नक्कली नोटसहित कोशी गाउँपालिका ८ बाट २५ वर्षे राजेश चमार रजक र राजेशकुमार रजकलाई पक्राउ गरेको जानकारी दिएको हो । 

पक्राउ परेका दुवै जना सप्तरी जिल्ला हनुमान कंकालिनी गाउँपालिका एक घर भएका व्यक्ति भएको प्रहरीले जनाएको छ । 

लु ९२ प २३८० नम्बरको मोटरसाइकल उनीहरुलाई सुनसरी भाण्टाबारीबाट खटिएको प्रहरीले चोकजाँच गर्दा मङ्गलबार राति नक्कली नोटसहित पक्राउ गरेको जनाएको छ ।