सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, अमेरिका, बेलायत र जापानकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले राजदूतलाई आगामी तीन साताभित्र नेपाल फर्किन निर्देशन दिएको हो। 

उहाँका अनुसार कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।