बुढानीलकण्ठ नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन आजबाट प्रारम्भ भएको छ ।

आज बुढानीलकण्ठ नगरपालिकाको नगर सभा हल, हात्तीगौंडा, काठमाडौंमा आयोजित सभामा नगर प्रमुख मिठाराम अधिकारीले आगामी आर्थिक बर्ष २०८२/८३ को लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ।कार्यक्रममा उप प्रमुख अनिता लामा, प्रशासकीय प्रमुख अजय बर्तौला तथा जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

नगर सभाको आगामी बैठक आगामि असार ०१ गते बस्ने तयारी गरिएको छ ।