जेनजी आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारागार कार्यालय, दमौलीबाट फरार एक कैदीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका वडा –१४ स्यानचौर घर भएका लागूऔषध (हिरोइन) मुद्दाका कैदी ४१ वर्षीय यमबहादुर बिकलाई आइतबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पसन्नराज चौधरीले जानाकारी दिनुभयो ।
घरबाटै पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको चौधरीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यसअघि केन्द्रीय कारागारबाट फरार दुई र कास्की कारागारबाट फरार तीन जनालाई पक्राउ गरेर कारागार पठाएको छ ।
प्रतिकृयाहरु