हिमालयन बोर्डिङ्ग स्कुलका बालबालिकाहरूलाई प्रहरी प्रभाग बुढानीलकण्ठमा भ्रमण गराईएको छ। 

प्रहरी प्रभाग बुढानीलकण्ठमा समाजको शान्ति, सुरक्षाका लागि खटिने प्रहरीहरु प्रतिको सकारात्मक सोच अभिवृद्धि गर्नका निमित्त विद्यालयका विभिन्न तहका विद्यार्थिहरुलाई जानकारीमूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको हो। 

प्रहरीको कार्यको अवलोकन गराई बालबालिकाहरूलाई प्रहरीहरुद्वारा गरिने कार्यहरुका  बारेमा देखाउने र दैनिक कार्यहरूको बारेमा जानकारी गराईएको प्रभागले जानकारी दिएको छ। । भ्रमणको क्रममा बालबालिकाहरूसँग सकारात्मक सन्देश प्रवाह तथा बालबालिकाहरुमा प्रहरीहरुप्रति हुने डर तथा भ्रमहरु हटाउने उद्देश्य सहित सो अवलोकन कार्यक्रम आयोजना गरिएको जनाइएको छ। 

प्रहरीले दैनिक रुपमा प्रयोग गर्ने बर्दी, सवारी साधन अवलोकन गराई आफू र आफ्नो वरपरको स्थानहरुमा कसरी सुरक्षित रहने लगायतका विषयहरुमा एवं उपायहरूको शिक्षा प्रदान गरिएको छ। त्यस्तै सो शिक्षलाई दैनिक जिवनमा लागू गर्न प्रोत्साहित गर्न, सकारात्मक सन्देशको प्रसार गरी बालबालिकाहरूलाई सुरक्षित रहनका लागि सन्देश प्रवाह गरिएको छ ।साथै कुनैपनि समस्या, विविध नकारात्मक घटनाका बारेमा आफू सचेत रहि सो परिस्थितिमा १००' मा कल गरी सुचना दिई सहयोग गर्नका लागि जानकारी गराइएको छ।

प्रभागका प्रमुखका साथमा प्रहरीका सदस्यहरूसँग बालबालिकाहरूलाई प्रत्यक्ष भेट गराई विद्यार्थी स्वयं र प्रहरीहरुको अनुभव र प्रेरणा आदानप्रदान गरिएको हो। 

 

यसरी, बालबालिकाहरूलाई प्रहरीप्रतिको सकारात्मक सोच र प्रहरीसँगको राम्रो सम्बन्ध स्थापित गर्न मद्दत गर्ने विश्वास प्रभागले लिएको छ ।