बुढानिलकण्ठ नगरपालिका वडा नं.३ बुढानिलकण्ठ स्कुल स्थित लागु औषध बिक्रि बितरण तथा ओसार पसार गरिरहेका दुई व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८२ आषाढ १७ गते मंगलबार दिउँसो करिव १४:३५ बजेको समयमा बुढानीलकण्ठ नगरपालिका वडा नं.३ स्थित बुढानीलकण्ठ स्कुल नजिक लागु औषध बिक्रि बितरण तथा ओसार पसार गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा बुढानीलकण्ठ प्रहरी प्रभागका प्रमुख प्रहरि निरिक्षक नारायण सिह विष्ट (९८५१२८४९७२) को निर्देशनमा खटेको प्रहरी टोलीले सो दुई अभियुक्तलाई पक्राउ गरेको हो।
गोरखा स्थायी ठेगाना भई हाल काठमाडौँ वडा नं.८ गौशालामा बस्ने अन्दाजी ३० वर्षका राजन लामा र बुढानीलकण्ठ नगरपालिका वडा नं.३ बस्ने बर्ष अन्दाजी ३४ को हरिवोल खड्का समेतलाई फेलापारी खान तलासी गर्दा निम्न लागु औषध सहित विभिन्न सामान बरामद गरिएको प्रभागबाट जानकारी प्राप्त भएको छ।
आवश्यक कारवाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको जनाइएको छ।
निम्न :-
१. जिल्ला गोरखा स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं.८ गौसाला बस्ने बर्ष अं.३० को राजन लामाको साथबाट Qtel लेखेको कालो रंगको मोबाईल थान-१ (एक) र नगद नेपाली रुपैया रु ५२,१९०।– (बाउन्न हजार एक सय नब्बे ) रुपैँया बरामद गरिएको ।
२.बुढानीलकण्ठ नगरपालिका वडा नं.३ फुलबारी मार्ग बस्ने बर्ष अन्दाजी ३४ को हरिवोल खड्काको साथबाट Samsung कम्पनिको कालो रंगको मोबाईल थान-१ (एक) र निजको नाममा रहेको बागमती प्रदेश ०२-०५६ प ५६५० नम्बरको कालो रंगको Honda कम्पनिको Dio स्कुटर थान -१ (एक) ,Ippl लेखेको लागुऔषध १०० (एक सय पिस) ,Diazepam लेखेको लागुऔषध १०० (एक सय पिस) र Phenergan लेखेको लागुऔषध १०० (एकसय पिस) बरामद गरिएको ।
प्रतिकृयाहरु