नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो गाएक उत्तम गुरुङको "तिमि " म्युजिक भिडीयो सार्वजनिक भएको छ। उक्त गीतको शव्द र संगीत पनि स्वयम उत्तम गुरुङको रहेको छ भने म्युजिक भिडीयोको निर्देशन समेत स्वयम् गुरुङले गरेका छन्। म्युजिक भिडियोमा शितल गुरुङ ,प्रिया गुरुङको प्रस्तुति रहेको छ भने उक्त म्युजिक भिडियोको सम्पादन इन्द्र राना मगरले गरेका छन्। गीतको सिर्जना चै २ क्यारेक्टर (केटा र केटी) को कल्पना गरेर "तिमी" सृजित भएको छ । जहाँ तिनीहरू असल साथी हुन्छन तर केटा केटीको प्रेममा पर्छ । त्यहि प्रेम दर्शाउन यो गीत मार्फत आफ्नो कल्पनाशील भावनाहरू व्यक्त गर्ने प्रयास गरेको र उक्त गीत पुरा गर्न करीब २ महिना भन्दा बढी समय लागेको गायक उत्तम गुरुङले बताएका छन्।
आफ्नो जेठो दाई प्रितम गुरुङबट प्रेरित भई संगीतमा रुचि राखेको गाएक उत्तम गुरुङ बताउछन् ।२०७० साल तिर आफ्नो दाइ प्रितम गुरुङले गितार बजाएको देखेर गितार बजाउन सिकेको गुरुङ अहिले कुशल गितार वादक पनि हुन्। आफ्नो सांगीतिक यात्रा कक्षा ३ मा अध्यनरत हुँदा देखि नै सुरु भएको सम्झना उनलाई छ। पहिलो पटक नेपाली शिक्षकले बिद्यालयमा साथीहरूको अगाडि गीत गाउन लगाउनु भएको थियो साएद त्यो नै मेरो पहिलो पटक हुन् पर्छ अरुहरुको अगाडि गीत गएको। त्यति बेला सरले मेरो आवाजको प्रशंसा गर्दै राम्रो गीत गाउँदो रहेछ भन्नु भएको थियो । त्यतिबेलाको प्रशंसाले संगीतमा मेरो रुचि बढ्दै गयो ।म विभिन्न भाषाका गीतहरू (नेपाली, अङ्ग्रेजी, हिन्दी) सुन्छु र गीत पनि गाउँछु। १८ बर्षीय गाएक उत्तम गुरुङले विभिन्न राष्ट्रीय स्तरका सास्कृतिक कार्यक्रमहरुमा आफ्नो गायनको प्रस्तुति दिसकेका छन् भने नेपाली, अङ्ग्रेजी र हिन्दी गीतहरूको कबर गीतहरु ( Cover Songs )उनको युट्युब च्यानलमा सुन्न र हेर्न सकिन्छ ।
जीवन एउटा यात्रा हो तर यात्रा संधै यात्रा सहज भने हुदैन। हामीले जिन्दगीमा केहि नराम्रा समय र पलहरुको सामना गर्नु पर्छ र यो यथार्थ पनि हो। आफ्नो युट्युब करियरमा १०० भन्दा कम भ्युज आउँदा केहि साथिहरुले हाँसोको पात्र बनाए , केहि हुदैन यसरि म्युजिकमा लागेर र युट्युबमा भिडियो हालेर भनेर समेत गिज्ज्याये तर मैले उनीहरुको कुरा नसुनी आफुमा आत्म बिस्वास जगाउदै , मेहेनत गर्दै ,आफ्नो गायनलाई निखार्दै यो म्युजिक भिडियो सार्वजनिक गर्ने स्थान सम्म आइपुगेको उनि बताउछन ।आफ्नो गीत चले पनि नचलेपनि संगीतलाई कुनै हालतमा नि नछोड्ने बरु झन् मेहेनत गर्दै जाने सोचमा छन् युवा गायक उत्तम गुरुङ । उनलाई शास्त्रीय संगीत मन पर्छ तर उनको जर्न ' पोप' होतर क्लासिकल पनि गाउने गरेका छन्।
नेपाली संगीत जगतमा स्वर सम्राट नारायण गोपाल मन पर्ने गाएक हुन् भने अहिलेको पुस्ताको सज्जन राज वैद्य, अंग्रेजी गायक एडशीरन र भारतीय गायक अरिजित सिंहका गीतहरु उनलाई मन पर्छन ।
आगामी वर्षहरूमा दर्शकहरूको लागि उपहारको रूपमा अझ सुन्दर गीतहरु सिर्जना गर्ने र आफ्नो गायन र संगीत मार्फत धेरै श्रोताहरू आकर्षित गर्ने उनको योजना छ। किशोरावस्थामा देखेका मेरा सपनाहरू सार्थक थिए भनेर उनि आफूलाई प्रमाणित गर्न चाहन्छन्।आफ्नो संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहन्छन ।जसमा धेरै वर्ष लाग्न सक्छ तर यो हासिल गर्न असम्भव भने छैन ।
प्रतिकृयाहरु