बुढानिलकण्ठ नगर अस्पतालमा प्रसुती सेवा संचालनमा आएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री अमन मास्केको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर अस्पतालमा संचालित सो सेवाको उद्घाटन गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाकि उप प्रमुख अनिता लामाले स्वागत मन्तव्य तथा कलाकार एबम वरिष्ठ स्वास्थ स्व्यमसेविका राधिका ढकालले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मिना पराजुलीको पनि उपस्थिति रहेको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला सहित वडा अध्यक्ष, सदस्यहरु, कर्मचारी तथा स्वास्थ्य स्वयम् सेवीकाहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नगर अस्पतालका सेवा सुविधाहरुका बारेमा जानकारी समेत प्रदान गरिएको थियो।

त्यस्तै उक्त कार्यक्रम माथि नगर अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपाल प्रसाद पोखरेलले प्रकाश पार्दै प्रगति विवरण प्रस्तुत गरेका थिए।