धरानका स्वतन्त्र मेयर हर्क साम्पाङका एउटा भनाईको सार अत्यन्त सान्दर्भिक लाग्यो । "नेपालका राजनैतिक दल एउटा पुलिस फोर्स जस्तै हुन। पाटि हाईकमाण्डको आदेशमा चल्छ ।" हाईकमाण्डको आदेशको बिरुद्द आवाज उठाउन सक्ने हिम्मत कुनै कार्यकर्तामा हुदैन । हिम्मत गरेमा कारबाही हुन्छ । बहिस्कार हुन्छ । जब सम्म आफ्नो आँखाले देखेका बिसंगती बिकृतिका बिरुद्धमा बोल्न कार्यकर्तालाई स्वतन्त्रता हुदैन । तब सम्म पाटिगत राजनितिले देशमा प्रगती हुदैन । त्यसैले हरेक पार्टिमा कार्यकर्ता स्वतन्त्र हुनु पर्छ ।

 

यो कुरालाई घोत्लिएर सोचेँ । साच्चै हो कि जस्तो लाग्यो । फेरि जनमोर्चाका अध्यक्ष चित्र बहादुरका कुरा सुने "बाउ आमालाई बृद्धभत्ता दिने छोराछोरी जति खाडी पठाउने?" यसरी नि देशको बिकाश हुन्छ ? दुबैको कुरा सारै घत लाग्यो । यी दुई कुरालाई जोडेर हेर्न मन लाग्यो ।

 

 

तल्लो तहमा रहेका पाटिका कार्यकर्तालाई जनताको हरेक दुख थाहा छ । जनताको समस्या थाहा छ । बेथिती थाहा छ । तर ती समस्याहरुलाई कार्यकारी समक्ष लैजान कार्यकर्ता स्वतन्त्रता छैन । त्यहाँ ठूलो पर्खाल रहेको छ । जसको कारण देशका कार्यकारीहरुलाई जनताका वास्तविक समस्या नै थाहा छैन । जब समस्याको वास्तबिकता बारेमा नेतृत्वलाई जानकारी नै हुदैन भने कसरी समाधान गर्न सक्छन ?

 

राज्यले मुलुकको प्रगती सोधनानन्तर सन्तुलनमा देखेको छ । बैदेशिक रोजगारीलाई त्यसको उपकरणको रुपमा लिएको छ । जसरी हुन्छ, श्रम बेचेर डलर भित्र्याउ । तर यसैको कारण हरेक प्रभावित घरको पारिवारिक अन्तरसम्वन्धमा आगो लागेको छ । अदालतमा पारिवारिक बिचलनको मुद्दा असिमित भएको छ । कैयौ अवलाहरु उत्पिडनमा छन । पहुँच र शक्तिको दवावमा मान्छेहरु नारकिय जीवन भोग्न वाध्य छन । कति बालबालिकाहरुको भविष्य अन्धकार बन्दै गएको छ । अपराधका घटना अनियन्त्रित रुपले बढेको छ ।

 

त्यस्ता कुरामा राज्य शून्य सम्वेदनशिल छ । मानिसहरुको तनाव यति धेरै भएको छन कि त्यसलाई सम्हाल्न नसकेर आत्महत्या सम्मको स्थितिले बिछिप्त बनाएका छन । यस्तो अवस्थामा कसले उन्नतिको कुरा गर्न सक्छ ? कसले सिर्जना र उत्पादनको कुरा सोच्न सक्छ ? को हाँसेर हिड्न सक्छ । को खुसीले बाच्न सक्छ ? आखिरमा देशको प्रगती भनेको नै जनता खुशीले बाच्ने त हो । आफू नै खुशी नभई कहाँ अरुलाई खुशी राख्न सक्छ ?

 

देशको उन्नती भनेको त्यति ठूलो बिषय नै होइन । नेपाली जनताले एकै पटक यूरोप अस्ट्रेलियाको जस्तो सुविधाको आस गरेका पनि छैनन । मात्र हिजो भन्दा आज केही सुधृढ होस । त्यत्ती मात्रै भनेको त हो । थोरै होस तर हिजो भन्दा केही राम्रो होस । श्रीलंकामा जस्तै दिनानु-दिन मुलुक नै संकटमा पर्ने हो कि भन्ने आतंकले जनता त्राहिमाम भएका छन । महंगी कहाको कहाँ पुगिसक्यो । उद्योग धन्धा, व्यापार निरासाजनक छ । अर्थतन्त्र लथालिङ्ग देखिन्छ । मुलुकमा भ्रष्टाचार ब्याप्त छ ।

 

घर घरमा सिंहदरबार पुराउने भनिएको संघियतामा आफैँमा बदनाम बन्न पुगेको छ । ८८४ जना सांसद, ७७ जना प्रदेश मन्त्री २४ जना संघिय मन्त्री छन । ७५३ जना पालिका प्रमुख, उति नै शंख्यामा उपप्रमुख छन। अझ पार्टिका नेता, बिशिष्ट ब्यक्ती, भिआईपी, भिभिआईपी कति हुन कत्ती ! तिनलाई सुविधा, भत्ता, तलव, सुरक्षा, यातायात, त्यसमाथी देशलाई खोक्रो पार्ने कमिसन प्रथा र भ्रष्टाचारको यथेष्ट अवसर। केवल एउटा मात्रै सिइओले सिंगो बैंक नै डुवाउन सक्छ भने यहाँ त हरेक पाईला पाईलामा भड्खारो छ । अनि देश कसरी उभोँ लाग्छ ?

 

काठमाडौका मेयर बालेन केवल जनप्रतिनिधी वा मेयर वा पद वा ब्यक्ती मात्र होइन। बालेन एउटा क्रान्ती हो । बालेन वर्तमान राजनिती प्रति युवा पुस्ताको बितृश्णा बिरुद्धको आशाको प्रतीक हुन। राजनितिक पार्टीमा प्रौढहरुको बर्चस्वलाईलाई चुनौती दिने क्रान्तिकारी अभियन्ता हुन । हर्क तथा बालेन जस्ता पात्रहरु पाटिमा पनि स्वतन्त्र कार्यकर्ताको स्थान स्थापित हुनु पर्दछ भन्ने उत्प्रेरणाका स्रोत हुन । अत: यो क्रान्तिको सफलता यिनै पात्रहरुको सफलता सँग जोडिएको छ ।

 

राजनिती फोहोरी छ। त्यो फोहोरलाई हटाउन पोखरीमा नै पस्नु पर्दछ भनेर गगन थापा जस्ता युवा राजनितिमा प्रबेश गरेका थिए । आज उनी राजनितिको केन्द्रबिन्दु नजिक छन । आगामी चुनाव अनुकुल भयो भने निर्णायक स्थानमा पुग्न पनि सक्लान। पटक पटकको परिक्षणमा असफल साबित भईसकेका नेताहरुवाट देशको उन्नती होला भनेर जनताले आस मारिसकेका छन । देशमा पटक पटक क्रान्ती भयो । ब्यबस्था फेरियो तर शासक फेरिएनन । अत: ब्यबस्था परिवर्तन गौण रहेछ। शासक परिवर्तन मुख्य रहेछ । मुलुकको परिवर्तन गर्ने इच्छा शक्ति, इमान्दार र दुरदृश्टी भएको शासकको उदय नै अबको नयाँ क्रान्ती हो। के हामी नयाँ क्रान्तिको लागी तयार छौँ त! के हामी आफ्नै नेतालाई प्रश्न गर्न तयार छौँ त!