नवौ बुढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज भएको पहिलो क्वाटरफाईनल खेलमा बु न पा ३ को शिवपुरी युवा क्लबले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली राष्ट्रिय फुटबल खेलाडी एरिक बिष्ट सम्मिलित टिमले आज भएको खेलमा बु न पा २ को वाशिकु क्लब लाई ०का बिरुद्ध २ गोलले पराजित गरेको हो । प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अबसरहरु निकालेका थिए । वाशिकु क्लबले पाएको केहि राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा नतिजा शिवापुरीलाई सुम्पेको थियो । वाशिकुका गोल रक्षक कुशार्ग सिंहले शिवपुरीको राम्रो अवसर लाई विफल परेका थिए । आज भएको उक्त खेलमा बिजयी शिवपुरीका एरिक बिष्ट म्यान अफ द म्याच चुनिए ।
आजै भएको दोश्रो क्वाटरफाइनलमा बु न पा ९ र बु न पा १० बीच प्रतिष्पर्धा भएको थियो । सन्तुलित खेल खेलेको बु न पा १० माथि बु न पा ९ का जतिन बराल हावी रहे । बु न पा ९ ले पनि आज बु न पा १० लाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा शिवपुरी युवा क्लब बु न पा ४ संग आफ्नो भेट पक्का गरेको छ । आजको दोश्रो खेलको म्यान अफ द म्याच जतिन बराल चयन भए । जतिन दुई पटक खेलको म्यान अफ द म्याच चयन भईसकेका छन् । भोलि हुने सेमी फाईनलको पहिलो खेल साबिक बिजेता शिवपुरी नवाजाग्रीत क्लब बु न पा ३ र रिभार्साईड बु न पा १३ बीच हुने छ भने दोश्रो सेमिफाईनल शिवपुरी युवा क्लब बु न पा ४ र बु न पा ९ बीच हुने छ
प्रतियोगितामा नगरपालिकाका २० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको लागि विजेतालाई नगद पुरस्कार फ्रयाङ्क्लिङ एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गरेको छ । विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।
उप विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ । बुढानिलकण्ठ युवा समाजले विजया दशमीको अवसरमा हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितामा यस पटकदेखि प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुलाई पनि नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतिकृयाहरु