नेपाल पर्वतीय संघका अध्यक्ष निमा नुरु शेर्पाको अध्यक्षतामा भव्य घोषणा समारोह भएको थियो जसमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुण कुमार चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम नेपालको नक्साल काठमाडौँमा भएको थियो।कार्यक्रममा नेपालमा माउन्टेन लिड तालिमलाई सुदृढ पार्न, नेपाल पर्वतारोहण संघ (NMA) ले १,६९६ घण्टाको व्यावसायिक माउन्टेन लिडर कोर्समा सहभागिता जनाएका प्रशिक्षार्थीहरुलाई अन्तर्राष्ट्रिय पर्वतीय लिडरको रूपमा मान्यता प्राप्त प्रमाणपत्र वितरण गरिएको  थियो।सहभागीहरु मध्ये अन्तर्राष्ट्रिय पर्वतीय लिडरको रूपमा मान्यता प्राप्त गर्ने नुवाकोट जिल्लाबाट संयम रुम्बा पहिलो गाइड रहेको छ। सहभागी रुम्बा नेचर गाइड, वाईल्ड लाइफ फोटोग्राफर समेत हुन्। 


नेपाल पर्वतारोहण संघले देशको राष्ट्रिय अल्पाइन संघको रूपमा सेवा गर्दछ र अन्तर्राष्ट्रिय अल्पाइन संस्थाहरूसँग सम्बद्ध छ। 
उक्त कार्यक्रममा नेपाल पर्वतीय लिडर संघ (NMLA) र नेपाल पर्वतीय लिडर संघ (NMA) ले आधिकारिक रूपमा अन्तर्राष्ट्रिय पर्वतीय लिडर संघ (UIMLA) संघमा नेपालको पूर्ण सदस्यताको घोषणा समेत गरेको थियो ।

नेपाललाई २ नोभेम्बर २०२४ मा उत्तरी म्यासेडोनियामा UIMLA को २० औं वार्षिक साधारण सभा (AGM) को समयमा UIMLA मा पूर्ण सदस्यता प्रदान गरिएको थियो। यो प्रतिष्ठित मान्यताले नेपालको पर्वतीय नेता र मार्गदर्शक मापदण्डहरूमा एक महत्वपूर्ण कोसेढुङ्गा चिन्ह हुनेछ 
नेपालमा माउन्टेन लिड तालिमलाई सुदृढ पार्न, नेपाल पर्वतारोहण संघ (NMA) ले १,६९६ घण्टाको व्यावसायिक माउन्टेन लिडर कोर्स विकास गरेको छ, जुन आधिकारिक रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बद्ध छ। यस कार्यक्रममा चार प्रमुख स्तरको तालिम समावेश गरिएको थियो। जुन प्रत्येक कोर्सको २०+ दिनभन्दा बढीको हुन्छ र केही अन्य छोटो दिनको कोर्सहरू जस्तै प्राथमिक उपचार, वनस्पति, जीवजन्तु, सांस्कृतिक आदि १६९६ घण्टा पूरा गर्न सकिन्छ।