काठमाडौं महानगरपालिका वडा नं. २० को भीमसेनस्थान नजिकै भीषण आगलागी भएको छ । वडा कार्यालयसँगै रहेका घरहरुमा आगो लागेको हो ।

कपडा गोदामबाट आगो सुरु भएको अनुमान छ । एउटा मन्दिर समेत आगोको चपेटामा परेको छ ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

आगलागीको कारण एकिन हुन सकेको छैन ।