पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) ले दुव्यर्वहार गरेको भनेकी छन् । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले सो आरोप लगाएकी हुन् डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । पुस्तकमा उनले निम्सको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको भनेकी थिइन् ।

न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।

क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुर्व्यवहार गरेको उनले भनेकी छन् । उनको आरोपको पनि निम्सका वकिलले भने खण्डन गरेका छन् । ५ दिन अगाडी  निम्सले एउटा भिडियो बनाउदै सगरमाथा जाने बाटोको डोरी समेत काटिदिएको भन्दै आक्रोश पोखेका थिए तर धेरैले सो भिडियो निम्सले आफु चर्चामा आउन् बनाएको दावी गरेका छन् | बुढानीलकण्ठ नगरपालिकामा निम्सले भाडामा लिएको घरमा अक्सिजन सिलिण्डर बिष्फोट भएको घटनामा समेत निम्सले आफ्नो शक्तिको दुरुपयोग गर्दै पीडितलाई अझै पिडा दिएको घटना समेत बाहिर आएको थियो |