बुढानीलकण्ठ प्रहरी प्रभागको सीसा मर्मतमा शिवपुरी युवा क्लबको सहयोग

भदौ २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको बुढानीलकण्ठ प्रहरी प्रभाग कार्यलयको सीसाको झ्याल/ढोका शिवपुरी युवा क्लबले मर्मत गरेको छ। बुढानीलकण्ठ नगरपालिका–४ मा अवस्थित शिवपुरी युवा क्लबले अग्रज समाजसेवीहरूको साथमा उक्त सीसा मर्मत कार्य सम्पन्न गरेको क्लबले जानकारी दिएको छ।

यस अवसरमा कार्यालय प्रमुख प्रहरी निरीक्षक नारायण सिंह विष्टले सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै भने,
“यस विषम परिस्थितिमा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। समुदाय र प्रहरीबीचको यस्तो सहकार्यले आपसी विश्वास र सद्भाव अझ प्रगाढ बनाउँछ।”

क्लबका सदस्यहरूका अनुसार समुदायकै सक्रिय सहभागितामा सम्पन्न भएको यो मर्मत कार्यले प्रहरी–समुदाय सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।