भाेलिका दिनमा हामी नेपाली माथि क-कसले कस्ताे बाेलि दिन्छन, कस्ताे खेल क-कसले खेलिदिन्छ भन्न सकिन्न,
यो हाम्रो महान पर्व ऋषी तर्पणी, रक्षाबन्धन, जनैपुर्णिमा भव्यता भन्दा सभ्यतानै नै हो,
जनै पुर्णीमा हामीहरु सबैले जोगाउनु पर्छ,
आ-आफ्नै सभ्यता विभिन्न धर्मको नाममा रहेका हामीहरु हिन्दु बुद्धिष्ट, मुस्लिम, ईशाइ, जोसुकै भयतापनि आखिर चराचरसम्म ईश्वर त एउटै हो भने,
दृष्टि बिना देख्न सकिन्न,
कुनै विचार र रङ बिना लेख्नै सकिन्न,
कुलो भरी पानी नभए घट्टामा मकै काेदाे पिन्न सकिन्न,
दिव्य सुन्दर देखेर मात्र चिन्न र बुझ्न सकिन्न,
खाली तोत्र मात्र भट्टाउने र थाेत्रा मात्र बटुल्नेकाे भाेलिका दिनमा स्वार्थै स्वार्थमा भुल्नेहरूकाे भाेलिकाे दिनमा क-कसले रङ्ग फेर्नै हुन् भन्न सकिन्न,
आखिर देश बिना परिचय दिन सकिन्न,
लेखः दामाेदर भण्डारि (निलकण्ठ), २०७९/४/२६
प्रतिकृयाहरु