सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई-कमर्स’ बाट गरिने खरिद बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई-कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ ।

प्रशासनका अनुसार करिब ५० प्रतिशत ई-कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुने गरेको छ । सन् २०२२ मा अनलाइन छलीका घटनामा एक हजार १३८ रहेकोमा सन् २०२३ मा यो सङ्ख्या चार हजार ५५० मा पुगेको उल्लेख गरिएको छ । मूल्याङ्कन प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानि समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो ।

मूल्याङ्कन प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अङ्क दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेबसाइटलाई पूर्ण अङ्क दिइएको छ । गृह राज्यमन्त्री सन जुएलिङले संसदमा गरेको सम्बोधनमा सामाजिक सञ्जाल मेटालाई फेसबुकमा छलीविरुद्ध सुरक्षा उपाय अङ्गीकार गर्न अस्वीकार गरेकोमा आलोचना गर्नुभयो । रासस/सिन्ह्वा