काठमाडौँ- गत भाद्र २३ र २४ को जेन जी आन्दोलनको क्रममा भएका घटना सम्बन्धी जाँचबुझ  गर्न गठित आयोगको सिफारिसमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक लेखक सहित पाँच जनाको विदेश भ्रमण रोक लगाइएको छ ।

आयोगले भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा पूर्व प्रधानमन्त्री ओली,पूर्व गृहमन्त्री, लेखक, पूर्व गृह सचिव, गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख, हुतराज थापा र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाललाई विदेश जान रोक्न आग्रह गर्दै सरकारलाई पत्रचार गरेको हो । आयोगको पत्र प्राप्त भएसँगै सरकारले पासपोर्ट रोक्काको निर्णय गरेको हो ।

उहाँहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यककारवाही गर्नहुन तथा छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न समेत आयोगले आग्रह गरेको छ ।