प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी गराउनु भएको छ ।
सामाजिक संजाल एक्समा लेख्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी अझ द्रूततर गतिमा अघि बढाइँदै लगेको बताउँदै यस्तो जानकारी गराउनु भएको हो ।
प्रधानमन्त्री कार्कीले आज भएको राष्ट्रपति सहित शुरक्षा प्रमुखको बैठकमा उहाँले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध हुनुपर्नेमा जोड दिनु भएको छ ।
बैठकमा सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभएको हो। चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको समेत जानकारी गराउनु भएको छ।

प्रतिकृयाहरु