बुढानीलकण्ठ नगरपालिका–५ टुसाल युवक हत्या प्रकरणमा नेपाल प्रहरीले ४ जनालाई पक्राउगरेको छ।बहिनीको जन्मदिन मनाउन भन्दै बोलाएर कुटपिट गरी एक युवकको हत्या गरेको घटना घटेको खबर पश्चात प्रहरीले आरोपितहरुको खोजि कार्य तिव्र गरेको थियो। खोजि गर्ने क्रममा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटी गएको प्रहरी टोलिले उक्त घट्नामा संग्लन भएका ४ जना आरोपितहरुलाई २०८२/३/७ गतेका बुढानीलकण्ठ नगरपालिका वडा-५ टुसालबाट पक्राउ गरेको थियो l युवकको हत्या गरेको आरोपमा प्रहरीले मकवानपुर घर भइ बुढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने विकास लामा लो, बाराको निजगढ नगरपालिका–७ घर भएका २९ वर्षीय सुगन्द लामा, निजगढ नगरपालिका–५ घर भएका १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका–२ घर भएका २३ वर्षीय निसान जिम्भालाई पक्राउ गरेको छ । परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार विकास लामा लोका बहिनीको जन्मदिन बनाउन भन्दै बाराको निजगढ नगरपालिका–८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई बुढानीलकण्ठ टुसालमा बोलाइएको थियो ।असारको ६ गतेको राति जन्मदिन मनाउन भन्दै बोलाएर कृष्णलाई लामालाई उनीहरुले कुटपिट गरी हत्या गरेको पाइएको परिसरका प्रवक्ता बोहराले बताए ।पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।जन्मदिन मनाउने क्रममा सबै जनाले मादक पदार्थ सेवन गरेको र त्यसपछि उनीहरूबीच विवाद सुरु भएको देखिएको प्रहरीले बताएको छ । विवादले उग्र रुपलिएपछि कुटपिट गर्दा कृष्णको ज्यान गएको प्रहरीको भनाइ छ ।
प्रतिकृयाहरु