काठमाडौँवाट नुवाकोट प्रवेशको छोटो मार्ग छहरे–टोखा–त्रिशूली सडक मार्गमा दुर्घटना भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
विदुरदेखि ४५ किलोमिटर दुरीमा रहेको नुवाकोट शिवपुरी गाउँपालिका ७ थानाभन्ज्याङस्थित उक्त सडक खण्डमा विद्युतीय गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३०१ज०९८९ नम्बरको विद्युतीय माइक्रोवस र काठमाडौँबाट नुवाकोटतर्फ आउँदै गरेको बा ९४प ५०५२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नुवाकोटकै बेलकोटगढी नगरपालिका ९ का २७ वर्षीय दिवस लामा घाइते भएको ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामाको बायाँ खुट्टामा चोट लागेको छ । उहाँलाई उद्धार गरी उपचारको लागि काठमाडौँ पठाइएको छ भने ठोक्किएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रतिकृयाहरु