"डिजिटल सुरक्षा र अनलाइन हिंसा" को महत्वपूर्ण  अवसरमा, नगर प्रमुख मिठाराम अधिकारीको उपस्थितिमा आज नगरपालिकाले विशेष आवश्यकता भएका नागरिकहरूलाई व्हीलचेयर वितरण गर्नु भएको छ । । यस कार्यक्रमले डिजिटल सशक्तिकरणसँगै शारीरिक सहजताको पनि सन्देश दिएको छ।

यो मात्र सहयोग सामग्री वितरण नभएर, समावेशी समाज निर्माणतर्फ एक ठोस कदम हो। नगर प्रमुखले सबैको लागि सुरक्षित, सहज र सम्मानजनक वातावरण निर्माण गर्न नगरपालिका संकल्पित रहेको पनि जानकारी दिनुभयो। नगरपालिका भित्र रहेका वडाहरु र नगपालिका समेत अपाङ्ग मैत्री भएको र थप सुधार  गर्दै  लाने बताउनु भएको छ।