Northern Education Forum (NEF) को आयोजनामा भएको अङ्ग्रेजी भाषाको भाषण कला प्रतियोगीता (English Speech Competition) मा बाल बिकास बोर्डिङ्ग हाई स्कूलका दई विद्यार्थीहरुले दोस्रो र तेस्रो स्थान हासल गर्न सफल भएका छन्।
बाल बिकास स्कूलको कक्षा ३ बाट दिछेन तितुङ्गद्वारा आधारभूत तह तर्फ तेस्रो स्थान र सुबेन भण्डारीले जुनियर तह तर्फ दोस्रो स्थान हासिल गर्न सफल भएका हुन्।
एन.आई.सी एकेडेमीमा आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयहरुबाट करिव ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए।
विद्यालय स्तर देखी नै यस किसिमका प्रतियोगीता तथा कार्यक्रमहरुले भाषण कलालाई अझै निखार्नका लागि निकै असल अभ्यास रहेको र भविष्य निर्माणमा पनि अति प्रभावकारी कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक महेश कुमार श्रेष्ठ बताउनुहुन्छ।
प्रतिकृयाहरु