नागरिकहरूलाई सुरक्षित औषधि सेवा सुनिश्चित गर्न बुढानीलकण्ठ नगरपालिकाले गरेको अनुगमनमा सहरी क्षेत्रका ३ फार्मेसीमा कारबाही गरिएको छ। नगरपालिकाको अनुगमन टोलीले दवाइको म्याद नियमन नगर्ने, बिना पर्ची औषधि बिक्री गर्ने, र रेकर्ड अव्यवस्थित राख्ने जस्ता उल्लंघनहरू पत्ता लगाएपछि तत्काल कार्वाही गरि सुधारको निर्देशन दिइएको छ। उप- प्रमुख अनिता लामाले "नियमित अनुगमन जारी राखी उल्लंघनमा निसंकोच कारबाही गरिने" बताउँदै नागरिकहरूलाई पनि बिना पर्ची औषधि खरिद नगर्न र अनियमितता नगरपालिकालाई जानकारी गराउन आग्रह गरेका छन्।