आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

नेपाल अमेरिकासँग १०७ रनले पराजित भएको हो ।

पहिले टस जितेर फिल्डिङ रोजेको नेपाललाई अमेरिकाले २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सो लक्ष्य पछ्याउने क्रममा नेपाललले ३९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर जम्मा १५६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सबैभन्दा धेरै दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भने आसिफ सेखले ३७ तथा भीम सार्कीले २९ रनको मात्र योगदान दिए । यसैगरी आरिफ सेखले २० रन मात्र जोडेर रन आउट भए ।

आजको खेलमा जित निकाल्दै अमेरिका २१ खेलबाट ३० अंक जोडेर लिग-२ को अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालको १७ खेलबाट १२ अंक छ ।।