बन्द कोठाका ति ऐनामा आफुलाई निहाल्दै छौ किन ,
त्यो ऐनामा आफ्नो आकृति हेरी घृणा मान्दै छौ किन ,
दुनियाँले हेर्ने नजरको फरकै नबुझी ,
आफ्नो त्यो सुकोमल शरीरको अरु संग तुलना गर्दै छौ किन ,
ऐनामा निहाली निहाली आफ्नो खराबी खोज्दै छौ किन ,
भगवानले आफुलाई मात्र भिन्न बनाएको सोच्दै छौ किन ,
तिम्रो त्यो शरीरको बनावट नै भिन्न छ ,
त्यसलाई तिमि तिरस्कार र ईर्ष्या गर्दै छौ किन ,
अरुका लागि आफु परिवर्तन परिवर्तन हुनु राम्रो मान्दै छौ किन ,
आफुलाई अरु भन्दा खराब र कुरुप ठान्दै छौ किन ,
आफ्नै शैलीमा बस्न नजानी
अरुको भनाईमा मात्र बाँच्न जाँदै छौ किन ,
आफुलाई हेर्ने ति आँखा सानो नभई ठुला चाहियो रे
आफ्नो प्रिय मुस्कान दर्शाउने ओठ पातलो नभई मोटा चाहियो रे ,
आफ्नो मन उच्च नभई छाती उच्च चाहियो रे ,
आफ्नै अस्तित्व मेटाउने प्रयासमा लाग्दै छौ किन ,
दुनियाँका कुरामा झूक्याउँदै छौ किन ,
दैवले कसैलाई बनाएन छुट्याएर
तिमीलाई पनि माटोले होइन भावनाले गरेको सृष्टि हो ,
यसलाई खराब ठान्ने तिम्रा नै ति नराम्रा दृष्टि हो।
![]() |
स्वस्तिका गिरि
कक्षा -८
सदन - सुन्तले (मेची )
Trungram International Academy
Budhanilkantha Municipality-7
प्रतिकृयाहरु