जिन्दगीको यात्रामा बाल विकास आएँ
सर्वाङ्गिण विकास गर्न हाँस्दै खेल्दै धाएँ

सुन्दर ,शान्त परिवेश प्रकृतिको खानी
भविष्य बनाउन आएँ सबथोक ठानी 

बालमैत्री वातावरण  लाग्छ पढूँपढूँ 
नसुस्ताई लाग्छ सधैँ अघि बढूँबढूँ 

समय सापेक्ष हुनेगरी हुन्छ शिक्षादीक्षा 
यही स्कुलको छत्रछायामा पूरा गर्छु इच्छा 

अनुशासनको दायरामा बस्न यहीँ जानेँ 
यही स्कुलको स्पर्शलाई सबै कुरा मानेँ ।

जिन्दगीमा कहिल्यै पनि सक्दिनँ म भुल्न
यहीँ बसी सिक्दै छु फल्न अनि फुल्न ।

एलिशा गुरुङ 
कक्षा :१०
बाल विकास बोर्डिङ हाइ स्कुल 
बूढानीलकण्ठ ,काठमाडौँ